अवैध भारु कारोबारमा संलग्न ४ जना पक्राउ

pic
लाेकपाटी न्यूज
0 Shares

वीरगञ्ज, ३ असार । वीरगञ्जबाट प्रहरीले अवैध भारतीय रुपैयाँको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्जका कामेश्वर शाह कलवार, भारत बिहारको मुस्तफापुरका ४५ वर्षीय सहदेव महतो, समस्तीपुरका ४९ वर्षीय रामचन्द्र महतो र कमरावनका २४ वर्षीय सहदेव कुमार छन्।

जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार कामेश्वरको साथबाट २७ हजार ८ सय ४० नेपाली रुपैयाँ तथा ३१ हजार ३ सय २० भारतीय रुपैयाँ फेला परेको थियो भने तीन जना भारतीयको साथबाट ३ लाख ३ हजार १ सय रुपैयाँ भेटिएको थियो।

वीरगञ्जको घण्टाघर छेउमै रहेको मार्केटमा सञ्चालित कामेश्वर भिडियो मिक्सिङ सेन्टरबाट उनीहरुलाई पक्राउ राठौरले जनाए। भिडियो मिक्सिङको काम गर्ने कामेश्वरले अवैध रुपमा भारतीय रुपैयाँको कारोबार गर्दै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय, पथलैया पठाइएको राठौरले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्