स्थानीय तहले खल्तीबाट शिक्षक नियुक्ति गर्ने कार्य बन्द गर्नुपर्छ : शिक्षामन्त्री पोखरेल

girirajmani pokharel
लाेकपाटी न्यूज
0 Shares

भक्तपुर, ९ असार । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफ्नो खल्तीका मानिसलाई शिक्षक नियुक्ति गर्ने परम्परा बन्द गर्नु पर्ने बताएका छन्।

सोमबार चाँगुनारायण नगरपालिकाको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले स्थानीय तहले आफ्नो खल्तीका मानिसलाई शिक्षक नियुक्ति गर्ने परम्परा बन्द गर्नु पर्ने बताएका हुन्।उनले भने, ‘हामी केही समयपछि स्थानीय तहमा शिक्षक पठाउँदै छौं । तर केन्द्र सरकारले पठाएको शिक्षकले सबैमा नपुग्न सक्छ, त्यसैले शिक्षक नियुक्ति गर्दा गुणात्मक शिक्षक नियुक्तिमा ध्यान दिनु जरुरी छ।’

नेपालमा प्रावधिक विषय पढ्ने विद्यार्थीको संख्या नौ प्रतिशत मात्र भएकाले यसलाई वृद्धि गर्नु पर्ने पनि शिक्षामन्त्री पोखरेलको जोड छ। कार्यक्रममा भक्तपुरका जिल्ला समन्वय समितिका प्रमूख नवराज गेलाल चाँगुनारायण नगरपालिकाका प्रमूख सोमप्रसाद मिश्रलगायतले स्थानीय पाठ्यक्रम लागू भएपछि विद्यार्थीको शैक्षिक ज्ञान वृद्धिमा सहयोग पुग्ने बताए।

सो अवरसमा नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘हाम्रो चाँगुनारायण’ सार्वजनिक गरिएको थियो। जुन कक्षा ६, ७ र ८ मा लागू हुने नगरप्रमूख मिश्रले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्