चट्याङबाट मृत्यु हुनेकाे सङ्ख्या बढ्दै, बच्नका लागि यस्ता छन् २२ सुझाव

Rock pic
लाेकपाटी न्यूज

काठमाडौं, १२ असार । मंगलबार दाङ र रुपन्देहीमा चट्याङ लागेर छ जनाको मृत्यु भएकाे छ भने बुधबार मोरङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार बुधबारसम्म चट्याङका कारण यो वर्ष मृत्यु हुनेको संख्या ३१ पुगेको छ । वर्षा याममा चट्याङबाट बच्न के गर्ने भन्ने सम्बन्धमा गृह मन्त्रालयले सुझावहरु दिएकाे छ।

यस्ता छन् गृह मन्त्रालयले दिएका सुझावहरु :

घरबाहिर हुँदाः

‍- अग्लो र एक्लो रुखमा ओत नलाग्ने

– पौडिने र माछा मार्ने, र्याफ्टीङजस्ता क्रियाकलाप नगर्ने

– खुला मैदानमा नरहने ।

– धातुको तारबारको नजिक नबस्ने

– मैदानमा लतमन्न परेर नसुत्ने वा नखेल्ने

– मानिसको समूह वा झुण्ड तथा मेला, हाटबजार वा महोत्सवमा नरहने

– फुटबल, क्रिकेट, गल्फजस्ता खेलहरु तुरुन्त बन्द गर्ने

– गाईबस्तुहरुलाई सुरक्षित स्थानतर्फ लैजाने

– जंगलमा हुनुहुन्छ भने त्यहाँ रहेका स–साना रुखहरुका बीचमा बस्ने

– पक्की घर वा गाडी नजिक हुनुहुन्छ भने घर वा गाडीभित्र झ्याल ढोका बन्द गरी बस्ने

– नजिकै हाई भोल्टेजको तार भएमा दुई खम्बाको बीचमा ओत लागेर बस्ने

– केही गरी खुला मैदानमा परे दुई घुँडाबीच टाउको लुकाई टुक्रुक्क बस्ने

घरभित्र हुँदा:

– विद्युतीय सामग्रीहरु प्रयोग नगर्ने

– तारसहितको टेलिफोन प्रयोग गरी कुरा नगर्ने

– घरबाट बाहिर ननिस्कने

– धारामा नुहाउने, लुगाधुने वा भाँडा माझ्ने काम नगर्ने

– विद्युतीय सामग्रीको नजिक पनि नबस्ने

– अत्यावश्यक अवस्थामा मोबाइल वा कर्डलेक्स फोन प्रयोग गर्ने

– झ्याल ढोका बन्द गरी घरको भित्तादेखि टाढै बस्ने

– नुहाउनै पर्ने भएमा बाल्टिनको पानीले नुहाउने वा धुने कार्य गर्ने

– केबुल तथा एन्टेनाको तारहरु उपकरणबाट छुटाउने

– विद्युतीय सामग्रीका तारहरु प्लगबाट छुटाउने