मार्क्सवादी ज्ञान केन्द्रको हाजिरी जवाफमा रत्न राज्यलक्ष्मी क्याम्पस प्रथम

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रद्वारा आयोजित काठमाडौं उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौंस्थिति नेपाल ल क्याम्पसमा शुक्रबार आयोजित हाजिरी जवाफ प्रतियोगितामा रत्न राज्यलक्ष्मी क्याम्पस प्रथम भएको छ।

त्यस्तै, प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो र पाटन संयुक्त क्याम्पस तेस्रो भएका हुन्। त्यस्तै पब्लिक यूथ क्याम्पसले सान्त्वना प्राप्त गरेको छ। प्रतियोगितामा पहिलो हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार पाँच सय, तेस्रोलाई ५ हजार र सान्त्वनालाई २ हजार पाँच सय पुरस्कार प्रदान गरिएको थियो। साथै प्रतियोगितामा सहभागीहरूलाई प्रमाण पत्र प्रदानसमेत गरिएको थियो। विजेता र सहभागीहरूलाई ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए।

युवाहरुबीच पठन संस्कृतिको विकास गर्ने, युवालाई प्रतिस्पर्धामा उतारेर उनीहरूमा भएको क्षमता र प्रतिभा उजागर गर्ने र युवाहरू बिच एकता र सद्भावको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा काठमाडौं उपत्यकाभित्रका सामुदायिक क्याम्पसहरूबाट ८ वटा टिमको सहभागिता हरेको थियो। प्रतियोगितामा पाटन संयुक्त क्याम्पसबाट सविना तामाङ, ओम प्रकाश यादव र कृपन तामाङ, त्रिचन्द्र बहुमुखी क्याम्पसबाट सन्देश न्यौपाने, सविन कुष्ण फूयाल र तुलसा बुढाथोकी, नेपाल कमर्श क्याम्पसबाट अस्मिता थापा, रोशन कुँवर र सुस्मिता केसी, पब्लिक यूथ क्याम्पसबाट शोभा सिम्खडा, प्रमेश नेपाल र समुन्द्र सिम्खडाले प्रतियोगितामा भाग लिएका थिए।

त्यस्तै, नेपाल ल क्याम्पसबाट स्मृति सापकोटा, भरत विश्वकर्मा र सुकमित राना, महेन्द्र रत्न क्याम्पसबाट सणौत साई, रश्मी राई, सरमी राई, रत्न राज्यलक्ष्मी क्याम्पसबाट प्रकाश देवकोटा, जीवनी न्यौपाने र पारस ठकुल्ला, सानोठिमी क्याम्पसबाट कमल रोकाया, नवीन कार्की र सुलोचना पौडेलले प्रतियोगितामा सहभागिता जनाएका थिए। मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा भएको हाजिर जवाफ प्रतियोगिताको सञ्चालन ज्ञान केन्द्रका महासचिव इन्द्रराज भट्टराईले गरेका थिए। कार्यक्रममा अतिथिको रुपमा नेपाल ल क्याम्पसका प्रमुख श्याम बहादुर कार्की, ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेल, सल्लाकार डा. निमानन्द, उपाध्यक्ष जनार्दनबाबु कट्टेल, उपमहासचिव हुमानाथ न्यौपाने, सचिव जानुका पराजुली, रिजाल शंकर खतिवडा, दीपक भण्डारी, भुवन पौडेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्