खराब वक्ताका ७ बानी

negative_people
लोकपाटी न्यूज
0 Shares

 राम्रो श्रोता हुनुका गुणहरूबारे धेरै ग्रन्थ, पुस्तकहरू र लेखहरूमा लेखिएका छन्। एक राम्रो सार्वजनिक वक्ता कसरी बन्ने विषयमा पनि धेरै सामाग्री पढ्न पाइन्छ। तैपनि, कुराकानीको क्रममा राम्रो वक्ता हुनेबारेमा भने धेरै कम लेखिएको वा भनिएको छ। वार्तालाप दुई तरिकाले गरिन्छ, तपाईंले अन्तरक्रिया गरिरहनुभएको मानिसहरूलाई राम्रोसँग सुन्ने र राम्रोसँग कुरा गर्नपनि उत्तिकै महत्त्वपूर्ण छ। यहाँ खराब वक्ताका ७ बानीहरू उल्लेख छन्, जसले कुराकानीलाई सुस्त बनाउन सक्छ, वा अन्य मानिसहरूलाई तपाईंको बारेमा खराब देखाउन काम गरिरहेको हुनसक्छन्:

गफसफ

गफसफ सामान्यतया मानिसहरूको बारेमा नराम्रो कुरा गर्नु र अनावश्यक अफवाहहरू फैलाउनेसँग सम्बन्धित हुन्छन्। गफसफको परिभाषा केही वा कसैको बारेमा नराम्रो बोल्नु भने होइन्। यदि तपाईंले लगातार रमाइलो गर्ने, मान्छे वा चीजहरूलाई मजाक उडाउने गर्नुहुन्छ भने तपाईंले आफ्नो समय र अरू कसैको समय बरबाद गर्दै हुनुहुन्छ। त्यो समय अन्य धेरै कुरामा वा अन्य उद्देश्यमा लगाउन सकिन्छ। तपाईंसँग गफ गर्ने व्यक्तिले यस्तै व्यवहार अन्य व्यक्तिहरूसँग गर्ने सम्भावना पनि हुन्छ। अरू मानिसहरूको कुराकानीमा तपाईं पनि गफको विषय बन्ने खतरा रहन्छ। त्यहाँ यस्ता मानिसहरू पनि छन्, जसले सधैँ तपाईंको बारेमा नराम्रो कुरा गर्ने गर्छन्। अरूको बारेमा गफ गर्नाले उनीहरूलाई पनि तपाईंको बारेमा गफ गर्न प्रोत्साहन दिन्छ।

खिन्नता

कुराकानीको क्रममा अरूको लगातार आलोचना र दोस्रो व्यक्तिको आलोचना गर्नाले व्यक्तिलाई खिन्नता महसुस गराउन सक्छ। कहिलेकाहीँ उनीहरूले तपाईंसँग कुरा गर्न पनि लज्जित महसुस गर्न सक्छन्। यदि तपाईं कुनै व्यक्तिको बारेमा कुनै कुरामा टिप्पणी गर्दै हुनुहुन्छ, त्यो उसको लुगाबारे होस्, समग्र रूप, बोली, आदिको विषयमा! यसले उनीहरूलाई धेरै चिन्तित बनाउन सक्छ। मानिसहरूले प्राय: बोल्ने समयमा व्याकरण वा उच्चारण सही गर्ने प्रयास गर्छन्, यो भलाइ र सद्भावनाको साथ गर्न सकिन्छ। तर प्राय: व्यक्तिले यस्तो तरिका अपनाउँदा पनि अपमानित गरिरहेका हुन्छन्।

नकारात्मक हुन

एक यस्तो साथीको कल्पना गर्नुस्, जो कुनै पनि चिजलाई लिएर निरन्तर तनाव र चिन्तित हुने गर्छ। यद्यपि उ आफैमा ठिक छ। कल्पना गर्नुहोस् कि त्यो साथीले लगातार तनावमा रहेको गुनासो गर्छ। त्यसपछि तपाइ थाहा पाउनु हुनेछ कि त्यस प्रक्रियामा तपाईं पनि चिन्तित बनेको। एक अर्कालाई सहयोग गर्न र एक अर्काको समस्या सुन्न साथीहरू हुन्छन्, तर यो आवश्यक छैन कि तपाईं आफ्नो साथीहरूको प्रत्येक समस्या समाधान गर्नुहोस्। यदि तपाईं निरन्तर नकारात्मक रहनुहुन्छ, आफ्ना साथीहरूको वरिपरि दुखी वातावरण सिर्जना गर्नुहुन्छ भने, तिनीहरू तपाईंसँग धेरै ह्याङ आउट गर्न चाहँदैनन् वा तपाईंको वरिपरि हुनबाट जोगिन सक्छन्। साथै, सकारात्मक रहनु र राम्रो विचार गरिरहनु तपाईंको स्वास्थ्य र छालाको लागि राम्रो साबित हुनेछ।

गुनासो

यदि तपाईं निरन्तर गुनासो गरिरहनुहुन्छ भने, गुनासो गरिरहने लत बस्ने सम्भावना धेरै हुन्छ। यदि तपाईं गुनासो गरिरहने बानी छ भने तुरुन्तै बानीमा परिणत गर्नुहोस्। सबैको जीवनमा आ-आफ्ना कयौं समस्या छन्। स्वाभाविक रुपमा मानिसहरू आफ्नो समस्या, आफ्ना गुनासाहरू अरूसँग गर्न चाहन्छ। तर अघिल्लो बुँदाहरूमा भनेझैँ, निरन्तर नकारात्मक हुने, नकारात्मक गफ गर्ने आदिका कारण मानिसहरु तपाईंबाट टाढा हुन सक्छन्। यदि तपाईंले केही चिज वा कसैको बारेमा गुनासो गर्नु हुन्छ भने तिनीहरू तपाईंसँग कुनै पनि कुराकानीमा संलग्न हुन चाहँदैनन्। मानिसहरू सधैँ चिच्याइ रहेको सुन्न मन पराउँदैनन्। श्रोताहरूको दृष्टिकोणबाट हेर्ने हो भनेपनि त्यस्ता कुराकानीहरू सुन्दा थकित हुन भइन्छ।

बहाना बनाउने

यदि तपाईं कसैसँग कुराकानी गर्दै हुनुहुन्छ, उनीहरू अपरिचित छन्, त्यहाँ तपाईंले केही बोलेको वा हुन गएको गल्ती उनीहरूले सच्याउन सक्छन्। साथीहरू वा परिवारसँग रहेको बेलामा पनि तपाईंले गल्तीहरू गर्नुभएको हुन सक्छ। गल्ती पूर्णतया ठिक छ, तर गल्तीलाई स्वीकार गर्न र आफ्नो गल्तीहरूबाट प्रभावित व्यक्तिहरूसँग माफी माग्नु भएन भने तपाईंबारे राम्रो दृष्टिकोण बन्दैन। आवश्यक ठाउँमा माफी माग्नुपर्छ, माफी दिनुपर्छ। यदि तपाईंले बहाना थाल्नुभयो, टकराबबाट बच्न थाल्नुभयो वा गल्तीहरूलाई बेवास्ता गरिरहनुभयो भने मानिसहरू तपाईंको वरिपरि हुन चाहँदैनन्।

अतिशयोक्ति

कथाहरू सुनाउनु र सुन्नु कुराकानीको एक रोचक भाग हो। यसले कुराकानीलाई हलुका र रमाइलो राख्छ। तर कहिलेकाहीँ हामी कथाहरूबाट बाहिर जान्छौं र कथालाई रोचक बनाउन अनावश्यक कुरा थप्ने प्रयास गर्छौं, जो वास्तविक होइनन्। सामान्यतया मानिसहरूले बुझ्छन्- तपाईं कहाँ इमानदार हुनुहुन्छ र कहाँ झुट बोल्दै हुनुहुन्छ। मानिसहरूले आफूलाई खुसी र सफल देखाउन आफ्नो व्यक्तिगत अनुभव र उपलब्धिहरू बारेमा पनि झूट बोल्छन्। यी सबै अतिरञ्जित झूटहरू छोटो समयको लागि मात्र चल्छन्, जब तपाईंका झुटबारेमा थाहा पाउने छन्, मानिसहरूले तपाईंलाई पूर्ण रूपमा विश्वास गर्न छोड्न सक्छन्।

कट्टरपन्थी

हरकोहीसँग विश्वास र विचारहरूका एक निश्चित समूह हुन आवश्यक छ। तिनीहरूले तपाईंलाई तपाईंको मेरुदण्ड देखाउन सक्छ। तपाईंलाई आफ्नो विचारको बारेमा दृढ र अडिग रहन, तपाईंभन्दा फरक सोच्ने, जो कोहीसँग कुराकानी गर्न जोगाउन मद्दत गर्छन्, जसको कारण तपाईंलाई धेरै विषाक्त हुनबाट जोगाउन सक्छन्। जरुरी छैन हरकोहीले त्यस्तै गर्छन् वा हरकोहीको महसुस यस्तै हुन्छ, जस्तो तपाईंले ती चिजबारे सोच्नुहुन्छ, गर्नुहुन्छ। मानिसहरू फरक-फरक विचार राख्ने हकदार छन् र यदि तपाईं अरूको विचारहरूलाई निरन्तर खारेज गर्ने व्यक्ति हुनुहुन्छ भने, यसले मानिसहरूलाई तपाईंबाट टाढा धकेल्न सक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्