‘औंठाछापे’ बाट मुक्त भएँ, अब उच्च शिक्षा अध्ययन गर्छु’ : सांसद चाैधरी

Shanta Chaudhary Exam
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ असार । एसईईमा बी ग्रेड ल्याएर उत्तीर्ण भएकी नेकपा सांसद शान्ता चौधरीले ‘औँठा छापे’को बिल्लाबाट मुक्त भएको बताएकी छिन् । लामो समय कम्लरी जीवन व्यतित गरेकी चौधरीले साक्षर हुने सपनाबाट जीवन अघि बढेको बताएकी हुन् ।

एसईई परीक्षाको नतिजा प्रकाशन भएलगत्तै उनले भनिन्, “प्रवेशिका परीक्षा उत्तीर्ण हुनु नै मेरो सपना थिएन । पढ्नुपर्छ भन्ने चेतना थियो । अझै छ । उच्च शिक्षाको ढोका खुलेको छ । पढाइलाई निरन्तरता दिन्छु ।”

उनले एसईई परीक्षा उत्तीर्ण भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर बधाइ दिएको बताइन् ।  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका नेता तथा मन्त्रीहरूले पनि फोन गरेर बधाइ दिएको र अहिले पनि बधाइको ओइरो आइरहेको उनले बताइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्