दुबई अर्बपति मकतुमकी पत्नी दुई सन्तान र ३१ मिलियन पाउन्डसहित बेपत्ता भएपछि…

uae rani pic
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएइ) की रानी ह्या बिन्त अल हुसैन दुई बच्चासहित ३१ मिलियन पाउन्ड (करिब ३ सय करोड) रुपैयाँ लिएर बेपत्ता भएकी छिन्।

उनी दुबईका अर्बपति शासक शेख मुहम्मद बिन राशिद अल मकतुमकी छैठौं पत्नी हुन्। उनी जोर्डनका राजा अब्दुल्लाहकी सौतनी बहिनीसमेत हुन्। शेख मुहम्मद युएइका उपराष्टपति र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका छन्।
उनी दुनियाँका धनी शासकहरुमध्ये एक मानिन्छन्।

अन्तर्राष्टिय सञ्चारमाध्यामका अनुसार बेपत्ता रानी बेलायतको राजधानी लण्डनमा हुन सक्ने अड्कल गरिएपनि पछिल्ला दिन उनी दुबईबाट सिधै जर्मन गएको अनुमान गरिएको छ। उनका साथमा ११ वर्षीया छोरी जलिला र ७ वर्षीय छोरा जायद रहेका छन्।

जर्मनीमा उनले सरकारसँग राजनीतिक शरण मागेको समेत बताइएको छ। ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी उनी मे २० देखि सामाजिक सञ्जालहरुमा समेत देखिएकी थिइनन्। अरब मिडियाहरुको अपुष्ट समाचार अनुसार ह्यालाई दुबईबाट निकाला गरिएको हो।

दुबईबाट उनलाई निकाल्न जर्मनीका एक कुटनीतिज्ञको समेत हात रहको बताइएको छ। यसले गर्दा दुबई र जर्मनबीचको कुटनीतिक सम्बन्धमा समेत दरार पैदा हुने खतरा देखिएको छ।यसअघि शेखको छोरी राजकुमारी लतिफाले पनि देश छोडेर भाग्ने कोशिस गरेकी थिइन्। उनलाई भारतको गोवाबाट उद्धार गरेर संयुक्त अरब इमिरेट्सको शाही परिवारलाई बुझाइएको थियो।

उनले आफ्नो पिताको अन्याय र अत्याचार खप्न नसकेर भाग्नुपरेको बयान दिएकी थिइन्। त्यसको केही समयपछि रानीले समेत देश त्याग्नुलाई अर्थपूर्णरुपमा लिइएको छ। रानीको खोजीमा लाग्न युएई रोयल फ्यामेलीले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको समेत जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्