विद्यार्थी मार्ने शिक्षक प्रहरी नियन्त्रणमा

kanchanpur
लाेकपाटी न्यूज
0 Shares

कञ्चनपुर, २६ असार । शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान गएको भन्दै चार जना शिक्षकसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको उपचारका क्रममा ज्यान गएपछि प्रहरीले प्राध्यापक यशोदा जोशी, शिक्षकहरु दुर्गादत्त पाठक, लक्ष्मण भट्ट, हर्क जाग्री र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन प्रसाद बोहरालाई नियन्त्रणमा लिएको हो।

गएको असार १३ गते शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका कलौनीको टाउको र छातीमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो। उनको उपचारका क्रममा मंगलबार राति भारतको राममूर्ति अस्पतालमा ज्यान गएको हो। बालकको मृत्युपछि घटनाको अनुसन्धानका लागि प्राध्यापकसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको कञ्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्ड्यले बताए।

त्यस्तै गएको असार १३ गते शिक्षकले कुटपिट गरेको भनिएका कलौनीको १८ गते मात्रै स्वास्थ्य अवस्थाबारे जानकारी आएकाले त्यसबारे पनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। साथीभाइसँग झै-झगडा गरेको विषयमा अनुशासन सिकाउन दुई थप्पड हानेको शिक्षिकले स्वीकार गरे पनि मृतकका आफन्तले भने शिक्षकको कुटाइकै कारण माधवको ज्यान गएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्