एउटै माछाको मूल्य ३५ करोड !

Big fish
लाेकपाटी न्यूज
0 Shares

जापन, ६ साउन। एक पटक अनुमान गर्नुस् त एउटा माछाको मुल्य कति पर्ला ? तर, तपाईंले अनुमान गरेको भन्दा अत्याधिक बढी मूल्यमा माछा खरिद भएको छ। यो प्रसङ्ग जापानको हो।

जापानको टोकियोमा एकजना सुसी व्यवसायीले एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर अर्थात करिव ३४ करोड ७२ लाख बराबर नेपाली मूल्यमा खरिद गरेका छन्। जापानमा एउटै माछाको झण्डै ४५ करोड मूल्यमा खरिद भएको यो अहिलेसम्मकै पहिलो घटना हो।

सञ्चारमाध्यमहरुले जनाएअनुसार यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ। यस अघि पनि विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना माछाको किनबेच भएको थियो। विश्वमै लोपोन्मुख प्रजाति मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो। (एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्