सन्नी लियोनीको आइटम डान्स रहेको चलचित्र ‘पासवर्ड’को फस्टलुक यस्तो देखियो

लाेकपाटी न्यूज

काठमाडौं, १३ साउन। चलचित्र ‘पासवर्ड’को फस्टलुक सार्वजनिक गरिएको छ। चलचित्रको आइटम गीत सार्वजनिक भएपछि फस्टलुक रिलिज गरिएको हो।

आइटम गीत बलिउड नायिका सन्नी लियोनीलाई दिइएको छ। पोष्टरमा पनि मुख्य कलाकार भन्दा उनलाई बढी स्थान दिइएको छ। नायिका लियोनी भने कामुक अवतारमा छिन्।

चलचित्रमा मुख्य नायक अनुप विक्रम शाही र विक्रम जोशीको भिडन्त देख्न सकिन्छ। सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको मुख्य भूमिका छ।

चलचित्रलाई एक्सन, कमेडी र थ्रिलर जनरामा निर्माण गरिएको निर्माणपक्षले बताएको छ। एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासवर्ड’को भदौ २७ गतेलाई प्रदर्शन मिति तय गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्