सुरेश राईको ‘सम्झनाको फोटोकपी’ सार्वजनिक

pic-sahite
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सुरेश राईको पहिलो कृति कवितासङ्ग्रह ‘सम्झनाको फोटोकपी’ सार्वजनिक भएको छ। कौशलटारस्थित साहित्यपोस्टको कार्यालयमा आयोजित एका कार्यक्रमका बिच कृतिको विमोचन गरिएको हो।

राईकी हजुरआमा टीकाहीरा राई, बुवा बुद्धिराज राई, फुपू रत्नहीरा राई तथा साहित्यपोस्टका सम्पादक अश्विनी कोइरालालगायतले पुस्तकको विमोचन गरेका हुन्। कवि सुरेश भने हाल दक्षिण कोरियामा कार्यरत छन्।

कार्यक्रममा राईकी दिदी सविता राई, बहिनी निशा थापा मगर, दाजु तेजकुमार राईलगायतले सङ्ग्रहबाट एक–एक थान कविता वाचन गर्नुका साथै सुरेशको लेखनप्रतिको झुकावमा बारेमा बोलेका पनि थिए। त्यस्तै, राईकी हजुरआमा, बुवा र फुपूले कवि राईको कृति सफलताका लागि आर्शीवाद व्यक्त गरेका थिए।

साहित्यकार शरद् प्रधानले साहित्यपोस्टका नवपुस्ताका लेखक–साहित्यकारलाई पहिचान गरी प्रकाशन गर्दै आएको स्मरण गर्दै कवि राईलाई पुस्तकका लागि शुभकामना व्यक्त गरे।

साहित्यपोस्ट प्रधानसम्पादक अश्विनी कोइरालाले राई कवि मात्र नभएर ‘संस्कारित कवि’ भएको उल्लेख गर्दै विमोचन समारोहको समापन गरेका थिए। कार्यक्रमको सञ्चालन कृष्ण ढुङ्गेलले गरेका थिए। पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो। ५३ शीर्षकका कविता सङ्ग्रहित कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्