देशको मुड र जनताको इच्छा उपचुनावले देखायो : प्रभु साह

Prabhu Sah
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश नम्बर दुईका अध्यक्ष प्रभु साहले उपनिर्वाचनमा नेकपाको परिणामलाई उल्लेख्य ठहर्‍याएका छन्। उपनिर्वाचनको परिणामले जनताको लोकप्रियता नेकपाप्रति घटेको नभएर बढेको बताएका छन्।

एक अनलाइनसँगको कुराकानीमा उनले भने, ‘अघिल्लो चुनावलाई आधारमा मान्ने हो भने उपचुनावको मतमा नेकपा ५५ प्रतिशतबाट बढेर ६० पुगेको छ। गत चुनावमा ३४ प्रतिशत मत ल्याएको काँग्रेस २५ प्रतिशतमा झरेको छ।’ उनले उपनिर्वाचनको परिणामबाट नेकपालाई चिन्तित हुनुपर्ने अवस्था नरहेको समेत दाबी गरे।

अगाडि उनले भने, ‘उपनिर्वाचनको मतपरिणाम हेर्दा हामी चिन्तित हुनुपर्ने कारण छैन। बरु काँग्रेसले चिन्ता लिनुपर्ने हो।’ नेता साहले पार्टीको लोकप्रियता ५ वर्षमा मात्र मूल्याङ्कन गरिने बताए। तर उपनिर्वाचनले देशको मुड र जनताको इच्छा के हो भन्ने विषय भने देखाएको बताए। उपनिर्वाचनले जनताको लोकप्रियता नेकपाप्रति बढेको उनले बताए।

गत निर्वाचनमा नेकपाले जितेका केही स्थानमा भने उपनिर्वाचनमा हारेपछि यस विषयमा पार्टीले समीक्षा गर्नुपर्ने उनको भनाइ छ। उनले कुराकानीका क्रममा भनेका छन्, ‘सबै स्थानको तथ्याङ्क हेर्दा मत बढेको देखियो। तर अघिल्लो चुनावमा जितेका केही स्थानमा किन चुनाव हारियो ? यसमा समीक्षा हुनुपर्छ।’

२०७४ को निर्वाचनमा जितेका भक्तपुरको प्रदेशसभा र धरान नगरपालिकाको मेयरमा नेकपाले हारेपछि नेकपाका केही नेताहरूले चुनावको नतिजा प्रति असन्तुष्टि जनाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्