तस्करको नयाँ तरिका : हेलमेटमा भेटियो १५ किलो चाँदी

chadi pic
लाेकपाटी न्यूज
0 Shares

महोत्तरी, २१ साउन । महोत्तरी जिल्लाको मठिहानीस्थित १५ किलो चाँदीसहित एक जनालाई पक्राउ गरिएको छ। सशस्त्र प्रहरीले तस्करी गर्न लागिएको १५ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ का ३२ वर्षीय वीरेन्द्र महतो रहेका छन्। बीआर ३२ एल ०९८९ भारतीय नम्बरको मोटरसाइल चढेर भारततर्फ गइरहेका महतोको हेल्मेटभित्र चाँदीको पोका बरामद भएको केन्द्रीय प्रवक्ता (डीआईजी)सुरजकुमार श्रेष्ठले जानकारी दिए।

उक्त चाँदीको बजार मल्यू करिव १० लाखभन्दा बढी रहेको छ। महतोको साथबाट नेपालको एनसीसी बैंक र भारतको पञ्जाब नेशनल बैंकको एटीएम, भारतीय पहिचान पत्र र भारतीय लाइसेन्स बरामद भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्