वीरगञ्जमा गाेली चल्याे

Goli
लाेकपाटी न्यूज
0 Shares

वीरगन्ज, २१ साउन । पर्साको वीरगन्जमा गोली चलेको छ । घर नजिकको बाटोसम्बन्धी छिमेकीबीच विवाद चलिरहेका बेला गोली चलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गोली चलाउने व्यक्तिसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२० श्रीपुरका २० वर्षीय कुन्दन साह र उनक बुवा मोहन साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमूख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरका अनुसार वृजेशकुमार पटेल र मोहन साहबीच बाटो र पर्खाल बनाउने विषयमा विवाद हुँदा गोली चलेको हो ।

एसपी राठोरले छिमेकीलाई डराउनका लागि २० वर्षीय कुन्दन साहले गोली चलाएकाे हुनसक्ने बताएका छन्। उनले आफ्नो बुवाको अनुमति (लाइसेन्स) प्राप्त हतियार (बाह्रबोर बन्दुक)बाट गोली चलाएकाे बताए । गाेली चलाउने कुन्दन र उनका बुवा मोहन साहलाई नियन्त्रणमा लिएर घटनाकाे थप अनुसन्धान भइरहेकाे उनले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्