कसैको दबाबमा नपरी काम गर्नुहोस् : सर्वेन्द्र खनाल

sarbendra khanal
लाेकपाटी न्यूज
0 Shares

कास्की, ३ भदौ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबार संघीय प्रहरी इकाई कार्यालय पोखराको नवनिर्मित कार्यालय भवनको समुद्घाटन गरेका छन्। सो अवसरमा प्रहरी महानिरीक्षक खनालले सोही कार्यालय परिसरमा निर्माण हुन लागेको ब्यारेक भवनकोसमेत शिलान्यास गरे।

प्रहरी महानिरीक्षक खनालले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र वितरण गर्दै सुन्दर भवन समयमै निर्माण सम्पन्न भएको उल्लेख गर्दै भवन निर्माणमा लागत घट्नु राम्रो पक्ष रहेको भएता पनि त्यसको गुणस्तरमा समेत ध्यान दिनुपर्ने बताए।नयाँ भवन निर्माणसँगै नागरीक समक्ष थप उत्कृष्ट सेवा प्रवाह गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशनसमेत दिए।

नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिकालाई थप रचनात्मक एवं प्रभावकारी बनाउन सामुदायिक प्रहरी सेवा केन्द्रको विकल्पको रुपमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम विकसित गरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त अवधारणामा समेटिएका सचेतनामुलक कार्यक्रमहरु सफल पार्न सबै पक्षको सहयोग र सहभागिता आवश्यक पर्ने बताए।

प्रत्येक प्रहरीले भावनामा शुद्धता राखी छिटो, छरितो र उत्कृष्ट कार्य सम्पादनतर्फ लक्षित हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुलाई कसैको दबाबमा नपरी काम गर्न समेत निर्देशन दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्