रवि रिहाइकाे माग गर्दै माइतीघरमा प्रदर्शन

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ७ भदाै। सञ्चारकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार काठमाडाैंको माइतीघरमा प्रदर्शन गरिएको छ। भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको कुनै संलग्नता नभए पनि फसाउन खोजिएको दाबी गरेका थिए ।

साउन २० मा पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेपछि सार्वजनिक भएको भिडियोका आधारमा लामिछानेसहित अस्मिता कार्की र पत्रकार युवराज कँडेल पक्राउ परेका थिए । उनीहरु पक्राउ परेसँगै रवि समर्थकले निरन्तर रिहाइको लागि दबाब दिँदै आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्