एटीएमलाई कसरी सुरक्षित राख्न सकिन्छ ?

ATM pic
लाेकपाटी न्यूज

काठमाडौं, १५ भदौ। नेपालकमा शनिवारदेखि अधिकांश बैंकको एटीएम सेवा बन्द भएका छन्। ह्याकरको निशानामा नेपालका बैंकहरु पर्न थालेपछि अधिकांश बैंकहरुले आफ्नो एटिएम सेवा बन्द गरेका हुन्।
पछिल्लो समय नेपालमा एटीएम प्रयोगकर्ताहरुको संख्या निकै बढेको छ।

एटीएमलाई यसरी सुरक्षित रुपमा प्रयोग गर्नुस्

१. आफ्नो पिन नम्बर अरु कसैलाई पनि नदिनु होला ।

२. निकै भीडभाड या सुनसान क्षेत्रको एटीएम उपयोग गर्नबाट बच्नुहोस् ।

३. धेरै जसो बिग्रिरहने, ह्याङ हुने, नेटवर्क समस्यावाला एटीएमको प्रयोग नगर्नुहोस्।

४. आफ्नो एकाउन्टलाई मोबाइल एलर्टमा राख्नुहोस्। जब तपाईको खाताबाट पैैसा निकालिन्छ तब तपाइको मोबाइलमा म्यासेज आउन सकोस्। यदी तपाईले एटीएम प्रयोग नगरेको बेलामा पनि म्यासेज आयो भने तत्काल बैंकमा सम्पर्क गुर्नहोस् ।

५. सकेसम्म जुन बैंकको कार्ड हो त्यही एटीएममा मात्र प्रयोग गर्नुहोस्।

६. कसैले नदेख्ने गरेर पिन कोड हान्नुपर्छ

७. पैसा आएपछि राम्रोसँग लगआउट नभएसम्म हिँड्नु हुँदैन।

८. रकम आएको स्लिपसमेत त्यत्तिकै फ्याक्नु हुदैन, त्यसलाई च्यात्नुपर्छ।

९. कार्डको पिन नम्बर ‘स्ट्रोङ’ खालको राख्नुपर्छ। आफूलाई सम्झन सहयोग हुन्छ भने जन्मदिन वा मोबाइल नम्बर, घर नंको प्रयोग नगर्नुहोस्।

१०. कार्डको पिन नं त्यसको कभरमा नलेख्नुहोस्, र मोबाइलमा पनि सेभ नगर्नुहोस्। यदी मोबाइल चोरी भयो भने त्यसको दुरुपयोग हुने खतरा रहन्छ।

११. एटीएम कार्डको प्रयोग गर्नेले पहिलै आफूले प्रयोग गर्ने एटीएम मेसिनमा राम्रोसँग हेर्नुपर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्