जनशक्ति ग्यारेण्टी गर्नुस्, आयुर्वेदका लागि अनुमति दिन्छौं

girirajmani_pokhrel
लाेकपाटी न्यूज
0 Shares

सिरहा। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय सरकारले ल्याब र जनशक्तिको ग्यारेण्टी गरिदिए प्राकृतिक, आयुर्वेद तथा योग पढाइका लागि अनुमति दिन सरकार तयार रहेको बताएका छन्। सिरहाको धनगढीमाई नगरपालिकास्थित निर्मित प्राकृतिक अस्पतालको अनुगमन गर्न आइपुगेका मन्त्री पोखरेलले आयुर्वेद शिक्षाका लागि अनुमति दिन सकिने बताएका हुन्।

जिल्लाको धनगढीमाई नगरपालिकाले प्राकृतिक चिकित्सा कक्षा सञ्चालनको लागि छलफल गरेर निष्कर्षमा पुगेको खण्डमा आउँदो हिउँदमै कक्षा सञ्चालन हुने गरी निर्णय गरिदिने प्रतिबद्धता समेत व्यक्त गरे। हालको स्थितिमा ७५३ वटा सिटीभीटी स्थापना गर्ने स्थितिमा सरकार नरहेको बताउँदै मन्त्री पोखरेलले स्थानीय सरकारको साझेदारीमा एउटै सीटीभीटीबाट प्राकृतिक चिकित्सा, आयुर्वेद तथा योगका कक्षाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए।

मन्त्री पोख्रेलले पछिल्लो स्थितिमा २० प्रतिशत मात्र प्रविधिमा आधारित शिक्षा पढाई भइरहेकाले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्न ८० प्रतिशत शिक्षा प्रविधिसँग जोडर पठन पाठनको विकास गर्नतर्फ सबै लाग्नुपर्नेमा जोड दिए।

धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले नगर कार्यपालिकाले वेबारिसे एवं अधुरो बनेको प्राकृतिक चिकित्सा अस्पताल सञ्चालनको लागि निर्णय भइसकेकाले प्राकृतिक चिकित्साको कक्षा सञ्चालन गर्ने गरी सबैसँग छलफल भइरहेको बताए।

धनगढीमाई नगरपालिक–१० मा भारतीय दूतावासको लागतमा प्राकृतिक चिकित्सा अस्पताल निर्माण भएको हो। उक्त अस्पताल निर्माणाधिन अवस्थामा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्