मेडिकल कलेजले शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउँछौं : मन्त्री पोखरेल

giriraj pokharel
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २५ कात्तिक। तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई शुल्क फिर्ता वा समायोजन गर्न शिक्षा मन्त्रालयले १५ दिनको अन्तिम अल्टिमेटम दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजलाई १५ दिनभित्र शुल्क फिर्ता वा समायोजन गर्न अल्टिमेटम दिएका हुन्।

मन्त्री पोखरेलले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अबको १५ दिनभित्र मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता वा समायोजन नगरे गठी मुद्दा चलाउने निर्णय भइसकेको जानकारी दिए। मन्त्री पोखरेलले शिक्षा मन्त्रालयले त्रिभुवन विश्व विद्यालयक, काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग मन्त्रीस्तरीय बैठक गरेर १५ दिनसम्म शुल्क फिर्ता वा समायोजन नगरे ठगी मुद्दा चलाउने निर्णय भएको बताए।

मन्त्री पोखरेलले विद्यार्थी र अभिभावकलाई पनि मेडिकल कलेजको गठी धन्दामा नफस्न आग्रह गरे। मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विभिन्न मेडिकल कलेजहरुमा लामो समय देखि आन्दोलनसमेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्