बाबुले बलात्कार गर्दा छोरीको मृत्यु

pic
लाेकपाटी न्यूज
0 Shares

कञ्चनपुर, १५ पुस । बाबुले बलात्कार गर्दा तीन वर्षीया बालिकाको ज्यान गएको छ।सौतेलो बावुले बलात्कार गर्दा महेन्द्रनगरमा तीन वर्षीया बालिकाको ज्यान गएको हो।

भीमदत्त नगरपालिका १८ सालघारी बस्ने ३० वर्षीय इन्द्र चुनाराले बलात्कार गर्दा तीन वर्षीया सुनिता चुनाराको मृत्यु भएको हो। आफू दाउरा खोज्न जंगल गएर घरमा फर्किदा छोरीलाई बलात्कार गरिएको अवस्थामा मृत फेला पारेको आमा ललिता चुनाराले बताएकी छिन्।

श्रीमानले नै छोरीलाई बलात्कार गरेर मारेको आफूले प्रत्यक्ष देखेको उनले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छिन्। बालिकाकी आमा ललिताले तीन महिना अघि मात्रै इन्द्र चुनारासँग बिहे गरेकी थिइन् । यता, प्रहरीले भने बाबुको कुटपिटबाट बालिकाको ज्यान गएको जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दका अनुसार चुनाराले कुटपिट गर्दा बालिकाको ज्यान गएको बयानका क्रममा बताएको जानकारी दिए। प्रहरीका अनुसार अचेत अवस्थामा भेटिएकी बालिकालाई महाकाली अस्पात पु¥याउँदा डाक्टरले मृत घोषणा गरेका हुन्। घटनामा संलग्न चुनारालाई हिरासतमा लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्