अब महानगरका सबै भूमिहिनका हातमा रातो पूर्जा हुन्छ : रेनु दाहाल

renu dahal
लाेकपाटी न्यूज
0 Shares

चितवन, ४ माघ। भरतपुर महानगरपालिका मेयर रेनु दाहालले सुकुम्बासी समस्या सामाधानका लागि प्रतिवद्ध रहेको बताएकी छिन्। आफू सुकुमबासी जनताका अधिकारका लागि लडेर आएकोले सुकुम्बासी समस्या सामाधानका लागि प्रतिवद्ध रहेको बताएकी हुन्।

नेपाल बसोबास बस्ती संरक्षण समाजको आमसभामा बोल्दै भरतपुर महानगर प्रमूख रेनु दाहालले कानूनी प्रक्रिया पूरा गरेर महानगरका सबै भूमिहिनका हातमा रातो पूर्जा दिलाउने विश्वास व्यक्त गरिन्। ‘म सुकुमबासी जनताका अधिकारका लागि लडेर आएको हुँ, म तपाईहरुको साथमा छु, स्थानीय सरकार साथमा छ, कानूनी प्रक्रिया पूरा गरेर महानगरका सबै भूमिहिनका हातमा रातो पूर्जा पर्ने दिन आउँने छ,म प्रतिबद्धछु।’

संघीय सरकारले संसदबाट ऐन ल्याउदै गरेकाले कानूनी जटिलता सामाधान भएपछि स्थानीय सरकारले एक सेकेण्ड पनि ढिलो नगरिकन कार्यान्वयन गर्ने छ दाहालले भनिन्। उनले महानगरले सुकुम्बासीहरुको यथार्थ तथ्याकं संकलन गरेको जानकारी गराउँदै भूमिसम्बन्धी आठौं संशोधन विधेयक प्रतिनिधिसभाबाट स्वीकृत भएकोले वास्तविक सुकुम्बासीलाई जमिन पाउन कसैले पनि नरोक्ने बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्