मन्त्री, सांसद र मेयरले आफ्ना छाउगाेठ भत्काउनुपर्छ : मूख्यमन्त्री भट्ट

Trilochan_Bhatta
लाेकपाटी न्यूज
0 Shares

धनगढी, ५ माघ। सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले छाउपडी प्रथा अन्त्यका लागि जनप्रतिनिधिले पहिले आफ्ना छाउगोठ भत्काउनुपर्ने बताएका छन्। मूख्यमन्त्रीको कार्यालय धनगढीमा भएको भेटमा मूख्यमन्त्री भट्टले छाउपडी प्रथा तोड्न पहिला राजनीतिक तहबाट पहल लिनुपर्ने बताए।

मूख्यमन्त्री भट्टले भने, ‘छाउपडी प्रथा सुदूरपश्चिमको सबैभन्दा ठूलो चुनौति हो। यसको अन्त्यका लागि राजनीतिक नेताहरुले नै अग्रसरता लिनुपर्छ। मन्त्री, सांसद, मेयर लगायतका जनप्रतिनिधिले आफ्नो छाउगोठ भत्काउनुपर्छ। कर्मचारी र सामाजिक क्षेत्रका अगुवाहरुले आफ्ना छाउगोठ भत्काएर मात्र यो कुरितिको अन्त्य गर्न सकिन्छ।’

मूख्यमन्त्री भट्टले सामाजिक चेतनाको विकासद्वारा मात्र समृद्धि हासिल गर्न सकिनेमा जोड दिए। उनले भने, ‘यो जालो बिकराल छ। अगुवाहरुले नै यसको नेतृत्व गर्नुपर्छ। अरुबाट आशा गरेर मात्र हुँदैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्