महाशाखाले महाशिवरात्रिको सवारी व्यवस्थापन कसरी गरेको छ ?

traffic
लोकपाटी न्यूज
0 Shares

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको लागि सवारी व्यवस्थापनको कार्ययोजना पूरा गरेकको छ । पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीहरको सवारी आवागमनलाई सरल, सहज तथा व्यवस्थित बनाउनका लागी योजनाबद्ध तवरले ट्राफिक व्यवस्थापनको तयारी गरेको महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार एयरपोर्ट हुदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, २ पाङ्ग्रे र साना सवारी साधनको लागी तिलगंगा र वाइसिएल मार्ग, नक्साल कालोपुल हुदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति बिकास कोष र संस्थानका सवारी साधनकालाई देवउद्यानस्थित कोषको कार्यालय, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला र बाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको जनाएको छ ।

महाशाखा प्रमुखले शिवरात्रि पर्वको अवधिभर भक्तजनहरुलाई सरल एवं सहज रुपमा आवागमनको व्यवस्था मिलाउनको लागी ५०० भन्दा बढि ट्राफिक प्रहरी परिचालन गरिएको र आवश्यकता अनुसार डाईभर्सन, पशुपति क्षेत्र भित्र सवारी निषेधि समेत गरिने जानकारी दिए ।

महाशाखाकाले दर्शानार्थीको अत्याधिक चाप हुन गई गौशाला चोक हुदै चल्ने यातायात सेवा प्रभावित हुने देखिएमा यात्रुको सुविधालाई मध्येनजर गर्दै गौशाला क्षेत्र भइ चल्ने सवारी साधनलाई केही समयको लागी बैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरि आवागमनको व्यवस्था मिलाइने बताएको छ ।

त्यसैगरी तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारी साधनहरुलाई भने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वर लगायतका स्थान भएर गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यबस्था मिलाइएको छ ।

एयरपोर्ट जाने पर्यटक तथा गौशाला क्षेत्र भई चल्ने सवारी साधनहरुको आवागमनमा केहि प्रभावित हुन सक्ने हुनाले गन्तव्यका लागि समयमै निस्कने, वैकल्पिक सडकको प्रयोग गर्ने र सडकको अवस्थाबारे मेट्रो ट्राफिक एफएमले समेत जानकारी दिने महाशाखाले जनाउको छ । ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्