प्रतिनिधी सभाको बैठक स्थगित

Pratinidhi sabha
लोकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ चैत। चैत २३ गते बस्ने भनिएको प्रतिनिधी सभाको बैठक स्थगित भएको छ। शुकबार दिउसो एक सूचाना जारी गर्दै प्रतिनिधिसभाको बैठक चैत ३० गतेसम्मका लागि स्थगित भएको जानकारी दिइएको हो।

कोभिड १९ भाइरसको सम्भावित संक्रमणका कारण नेपाल सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा लगाएको प्रतिबन्ध यथावत राखेको कारण बैठक बून नसकेको संघीय संसद्का निमित्त महासचिव गोपालनाथ योगीले शुक्रबार सूचना जारी गरेका स्रचनामा उल्लेख छ। चैत २३ गते आइतबारका लागि बोलाइएको बैठक अब चैत ३० गते बस्नेछ। प्रतिनिधिसभाको बैठक चैत्र ७ गतेदेखि लगातार सूचनामार्फत स्थगित हुँदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्