कोरोना सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह

Dormani_Paudel
फाइल फोटो
लोकपाटी न्यूज
0 Shares

वाग्मती। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारीको संवेदनशीलतालाई गम्भीरताका साथ लिन अनुरोध गरेका छन्। कोरोना संक्रमित भएर उपचाररत मुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गर्दै सामाजिक दूरीसहित अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका हुन्।

पौडेलले आफू र आफ्नो श्रीमतीको समेत स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको भन्दै कोरोनालाई चाँडै निको भएर नियमित कार्यमा फर्कने उल्लेख गरेका छन्। उनले संक्रमण पुष्टि भएपछि यही कात्तिक ७ गतेदेखि श्रीमतीसहित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत रहेको तथा गत वर्ष गंगालालमै मुटुको एन्जिओप्लास्टी गरेको जानकारी दिँदै उपचारारत रहँदा स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन्।

‘आवश्यक सुरक्षा प्रोटोकल अपनाउँदा अपनाउँदै पनि हामी कोरोना संक्रमित भयौं। उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति धेरैधेरै आभार व्यक्त गर्दछौं,’ पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्