स्वास्थ्य मापदण्डका साथ कक्षा १२ को परीक्षा शुरु, मन्त्री दुलालद्धारा अनुगमन

pic
लोकपाटी न्यूज
0 Shares

हेटौडा। कोरोना भाइरस संक्रमणको कारण गत वैशाखमा रोकिएको कक्षा १२ को परिक्षा आजबाट शुरु भएको छ। कक्षा १२को पहिलो दिन आज हेटौडाका परिक्षा केन्द्रहरुमा सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सन्चालन गरिएको छ।

आजबाट शुरु भएको परिक्षाको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले अनुगमन गरेका छन्।

उनले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस,हेटौडा स्कुलअफ म्यानेजमेन्ट,आधुनिक राष्ट्रिय माध्यमिक बिद्यालय र र्बशगोपाल माध्यमिक बिद्यालयमा संचालन भएको परिक्षाको अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा रोकिएको परीक्षा शुरु भएकोमा सबै विद्यार्थीहरु उत्साहित भएको बताउदै अनलाईनबाट प्रश्नपत्र डाउनलोड गरी प्रिन्ट गरेर बितरण गर्नु पर्ने हुँदा सबै ठाँउमा समयमानै परिक्षा सन्चालन गर्न कठिनाई रहेको उल्लेख गरे। उनले भने “अहिले हामी बिषम परिस्थितीमा परिक्षा सन्चालन गरिरहेका छौं केहि कठिनाई अवस्य छन्।

महामारीको कारण यसपाली होम सेन्टरमैबाट परीक्षा दिने व्यवस्था सरकारले मिलाएको छ। यसवर्ष देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु परीक्षामा संलग्न रहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्