चालक अनुमति पत्र (लाइसेन्स)को अनलाईन आवेदन बन्द

LICENCE 1
लोकपाटी न्यूज

काठमाडौं। सवारी साधान चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन बन्द भएको छ । लामो समयपछि यातायात व्यवस्था विभागले गत मंगलबारदेखि चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन खुल्ला गरेको थियो । अनलाइन आवेदन खुला भएको ५ दिनपछि विभागको अनलाइन सर्भरमा समस्या आउँदा आवेदन बन्द गरिएको विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले प्रयोगकर्ताको चाप बढी हुँदा सर्भरमा समस्या उत्पन्न भएकाले केही समयका लागि अनलाइन आवेदन बन्द गरिएको जानकारी दिए । उनका अनुसार हाल मर्मत कार्य जारी छ भने मर्मत कार्य सकिएपछि पुनः सञ्चालनमा आउनेछ ।

सोमबार विभागले एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र अनलाइन फाराम सर्भरको मर्मत कार्यको लागि पुस २० गतेका लागि अनलाइन सर्भर बन्द गरिएको जानकारी दिएको छ ।

सो कारणले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभाग क्षमाप्राथी भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्