कोरानाको नाममा सुदूरपश्चिम सरकार भ्रष्टाचारमा लिप्त भएकाे डा रावलकाे आरोप

लोकपाटी न्यूज
0 Shares

कैलाली। सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले सुदूरपश्चिम सरकार कोरानाको नाममा भ्रष्टाचारमा लिप्त भएकाे आरोप लगाएका छन्। शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै रावलले सरकारले नागरिकको जीवन रक्षा भन्दा सत्ता जोगाउन लागिपरेको आरोप लगाए।

उनले कोरोना संक्रमण फैलिएको एक वर्ष बित्दा पनि कोरोना अस्पतालहरू स्थापना, शय्याको संख्या वृद्धि, चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न सरकार उदासिन भएको आरोप लगाए। डा. रावलले सुदूरपश्चिमका अस्पतालहरूमा प्रदेश सरकारले भेन्टिलेटर र आईसीयू उपलब्ध गराएको भनिएपनि उपकरण बन्द कोठा र गोदाममा थन्किएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्