इजरायल-प्यालेस्टाइनको द्वन्द्व: कहिले के भयाे ?

लोकपाटी न्यूज

ऐजन्सी। पछिल्ला केहि दिनहरुमा इजरायल प्यालेस्टाइनको द्वन्द् बढेको छ र टकरावमा परिणत भएको छ र यसले ठूलो मात्रामा जनधनकाे क्षति गरेको छ। दुबै पक्षसँग हिंसाको लामो इतिहास छ। दुइ देशबीचकाे द्वन्दकाे घटनाक्रमलाइ यहा प्रस्तुत गरिएके छ।

यस वर्षको अप्रिलमा पूर्वी जेरूसलममा शुरू भएको हिंसाको कारण अब इजरायल र प्यालेस्टाइन दुबैबाट सैन्य आक्रमण भएको छ।
पूर्वी जेरूसलममा अप्रिलमा शुरू भएको हिंसाको घटना अब इजरायल र प्यालेस्टाइन दुबैबाट सैनिक आक्रमणमा विस्तार भएको छ। सैन्य आक्रमणबाट दुबै तर्फका धेरै नागरिकहरु घाईते र मृत्युको खबरहरु सार्वजनिक भएके छ। यो विवादमा अन्तर्राष्ट्रिय समुदाय विभाजित देखिएका छन् र वर्तमान इजरायल – प्यालेस्टाइन द्वन्द्व अर्को युद्ध गर्न परिणत भए एकअर्काको पक्ष लिन को लागी तयार देखिन्छन्।

इजरायल र प्यालेस्टाइनको हिंसाको लामो इतिहास छ। समयरेखा हेरौंः

ईसापूर्वः इस्राएलका राजा सुलेमानले जेरूशलेममा यहूदीहरूका लागि एउटा मन्दिर बनाएका थिए त्यसबेला यो उनीहरूको लागि सबैभन्दा पवित्र क्षेत्र बनेको थियो। त्यो साम्राज्य निर्माणको समय थियो। त्यस मन्दिरलाई नष्ट गर्न मिश्र र पछि रोमनहरूले जेरूशलेममाथि आक्रमण गरे। ईसापूर्व ७० वीसीमा, रोमनले जेरूशलेम क्षेत्रमा बनाइएको पुनर्निर्मीत मन्दिरहरु ध्वस्त पारे। यी शताब्दीहरूमा यहूदी मानिसहरू ठूलो संख्यामा यो क्षेत्र छाडेर भागे।

सातौं शताब्दी: इस्लामिक खलीफाट सेनाले जेरूशलेमलाई नियन्त्रणमा लिएको थियाे। शताब्दीयौंसम्म यहूदीहरूको यो क्षेत्र छोडेर जानेक्रम जारी रह्यो। उनिहरु युरोप, विशेष गरी जर्मनी र वरपरका क्षेत्रहरुमा विस्थापित भए, जर्मनी वरपरका क्षेत्रहरुमा यहूदीहरूको सबैभन्दा धेरै जनसंख्या पुग्यो।
१९ औं शताब्दी: यहूदीहरू इजरायल वा प्यालेस्टाइनमा फर्किने अपिलको साथ जियोनिस्ट आन्दोलनको थालनी भयाे।

पहिलो विश्वयुद्ध पश्चातः युद्धमा जर्मनीको पराजय (१९१४—१९) पश्चात जर्मनीमा एडोल्फ हिटलरको उदय भयो जसले देश पराजित हुनुमा यहूदीहरूलाई दोष दिए। उनले जर्मनीको विस्तार गरे र यहूदीहरू आफूले नियन्त्रण गरेको क्षेत्रहरूमा सताए। युद्धपश्चात बेलायतले उनिहरु बस्नको बन्दोबस्तका लागी प्यालेस्टाइन र ट्रान्स–जोर्डन (इजरायल, वेस्ट बैंक र गाजा लगायतका क्षेत्रहरू) दियो। इजरायलमा यहूदी आप्रवासको गति बढ्यो।

विश्वयुद्धपश्चात् दोस्रो (१९३९—४५): अमेरिका र बेलायतको सहयोगमा यहूदीहरूले १९४८ मा इजरायल राज्यको स्थापना गरे। प्यालेस्टाइनबाट छुट्टै राज्य निर्माण गर्न यहूदीहरूले अरबीहरूसँग सम्झौता गर्न असफल भएपछि यो राज्यको स्थापना भएको थियो।
१९४८ःबेलायतको ब्यवस्थापन समाप्त भएपछि र उसले आफ्नो नियन्त्रण हटाएपछि पहिलो इजरायल–अरब युद्ध सुरु भयो। अरब देशहरू प्यालेस्टाइनको पक्षमा थिए तर युद्ध इजरायलको पक्षमा टुङ्गीयो, युद्धमा उसलाई अमेरिकाले समर्थन गरेको थियो र उसले यो देशको लागि ठूलो क्षेत्र नियन्त्रण ग¥यो। यो युद्धमा अनुमानित ७ लाख प्यालेस्टाइनले आफ्नो घर गुमाए र शरणार्थी भए।

१९५६ः दोस्रो इजरायल–अरब युद्ध इजिप्टले सुएज नहरलाई राष्ट्रियकरण गर्ने घोषणा गरेपछि सुरु भयो। यो महत्वपूर्ण व्यापार मार्ग हो। इजरायलले इजिप्टमा आक्रमण ग¥यो, यसमा उसलाई ब्रिटेन र फ्रान्सको समर्थन थियो। युएस र पूर्व युएसएसआरले युद्ध समाप्त गर्न एउटा सम्झौता गरेपश्चात युद्ध समाप्त भयो।

१९६४:  प्यालेस्टाइनले इजरायलको बिरूद्ध संघर्ष गर्नका लागि प्यालेस्टाइन लिबरेशन संगठन (पीएलओ) अन्तर्गत संगठित ग¥यो।
१९६७ः छ-दिने युद्ध भयो जसमा इजरायलले इजिप्ट, जोर्डन र सिरियालाई हरायो। इजरायलले गाजा पट्टी, वेस्ट बैंक, सिनाई प्रायद्वीप, गोलन हाइट्स र पूर्वी जेरूसलमललाई आफ्नो नियन्त्रण लियो। यिनै ठाउँबाट हिंसाको सिलसिला सुरु भयो। यो हिँसाबाट २.५० लाख भन्दा बढी प्यालेस्टिनी विस्थापित भएका थिएका थिए।

१९७३: अरब राष्ट्रहरूले इजरायलमाथि आक्रमण गर्न एउटा गठबन्धनको निर्माण गरे। अरब राष्ट्रहरु घाटामा परेको थिए। यो युद्धले ठुलो तेलको संकट निम्त्यायो।
१९७८: अमेरिकाको मध्यस्थतामा इजरायल र इजिप्टको बिचमा शान्ति सम्झौता भयो। यो सम्झौतालाई क्याम्प डेभिड एकार्डको रूपमा चिनिन्छ। प्यालेस्टाइनको प्रश्न सुल्झाउनु यस सम्झौताको हिस्सा थियो। तर यो सम्झौता कहिल्यै कार्यान्वयन भएन।
१९८७ः पहिलो प्यालेस्टिनी इन्टिफाडा सुरु भयो। इन्टिफाडा भनेको विद्रोह हो। गाजा, वेस्ट बैंक र इजरायल भित्र वर्षौंसम्म प्रदर्शन र झडपहरू जारी रह्यो। इन्टिफाडाको समयमा धेरै मानिसहरू मरे र घाइते भए।

१९९१ः इजरायलले प्यालेस्टाइन, सिरिया, लेबनान र जोर्डनका नेताहरुसँग स्पेनमा छलफल सुरु ग¥यो। यसलाई म्याड्रिड सम्मेलन भनिन्छ।
१९९३ः पहिलो प्रमुख सफलता हासिल भयो। ओस्लो शान्ति सम्झौतामा इजरायल र पीएलओले हस्ताक्षर गरे। यो सम्झौता संयुक्त राष्ट्र संघको सहयोगमा भएको थियो।
१९९४ः एउटा अनुगमन सम्झौतामा हस्ताक्षर भयो, इजरायल र पीएलओबीच भएको यो सम्झौतालाई काइरो सम्झौता भनिन्छ। सम्झौताले प्यालेस्टाइनलाई  वेस्ट बैंक र गाजामा क्षेत्रको प्रशासनिक मामिलाहरूको जिम्मा दियो। तर वेस्ट बैंकमा इजरायली बसोबासको प्रश्न, र जेरूशलेमको स्थिति समाधान हुन सकेन। इजरायल र प्यालेस्टाइन दुबैले जेरूशलेमलाई आफ्नो भावी राजधानीको रूपमा हेरे।

१९९५ः इजरायलका प्रधानमन्त्री यित्जक रविनको हत्या भयो। हत्यामा प्यालेस्टाईनी अधिकारीहरुलाई दोष लगाइयो।
२०००ः दोस्रो प्यालेस्टिाइनी ईन्टिफाडा सुरु भयो। इजरायली कट्टरपन्थी एरियल शेरोनले दुबै मन्दिर माउन्ट र अल–अक्सा  क्षेत्रको परिसरमा भ्रमण गरेपछि त्यसले हिँसात्मक रुप लियो।

२००२ः प्यालेस्टाइन आतंकवादी समूह हमासले पहिलो ठूलो आत्मघाती हमला ग¥यो जसमा कम्तिमा ३० इजरायलीले ज्यन गुमाए। इजरायलले त्यसपछि वेस्ट बैंकको धेरै हिस्सा आफ्नो नियन्त्रणमा लिन अपरेसन चलायो।
२००६: गाजामा हमासले चुनाव जित्यो र फतह पार्टीको राजनीतिक चुनौतीको रूपमा उदायो वेस्ट बैंकमा उसले जितेको थियो।
२००८ः प्यालेस्टाईन आतंकवादीहरूले इजरायलमा राकेट प्रहार गरेका थिए, जसको प्रतिक्रियामा प्यालेस्टाइनको भू–भागमा पम्मेलिंग मिसाइलहरूको प्रयोग गरियो। जसबाट १,१०० भन्दा बढी प्यालेस्टाइनले आफ्नो ज्यान गुमाए, १३ इजरायली सैनिकहरू मारिए।
२०१२ः इजरायल र प्यालेस्टाइन बीच रकेट प्रहार गर्ने अर्को दौरान सुरु भयो। यो हमलामा इजरायलले हमासका सेना प्रमुखलाई मारिदियो।
२०१४ः हमासले पश्चिमी किनारमा रहेको यहूदी बस्तीबाट तीन इजरायली केटीहरूलाई अपहरण गरी उनीहरूको हत्या गरेपछि सात हप्ताको लडाई शुरू भयो। यो लडाईमा २,००० भन्दा बढी प्यालेस्टाइनीले आफ्नो ज्यान गुमाए। इजरायलले आफ्नो पक्षका ७३ जनाको मृत्यु भएको समाचार दियो।

२०१७ः अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनले जेरूशलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दियो र आफ्नो दूतावास तेल अवीवबाट यस शहरमा सार्ने घोषणा गर्यो। यस निर्णयले वेस्ट बैंक र गाजामा विरोध र झडप भयो।
२०१८ः प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सुरक्षा फौज बीच धेरै महिनासम्म झडप जारी रह्यो। चट्टान, बम र रोकेटको प्रहार गरियो। यो हिँसामा धेरै मरे।
२०२१ः इजरायलले अप्रिल १२ मा पूर्वी जेरूसलमको दमास्कस गेट प्लाजामा प्रतिबन्ध लगायो। यो रमजानको दौरान प्यालेस्टाइनहरूका लागि लोकप्रिय भेला हुने स्थल हो। विरोध सुरु भयो। अप्रिल १६ मा, इजरायलले पूर्वी जेरूशलेमको इस्लामको तेस्रो पवित्र मस्जिद मानिने अल–अक्सामा प्रार्थना गर्न सक्ने व्यक्तिको संख्या १०,००० मा सीमित गर्यो। यो निर्णयपश्चात झडप शुरु भयो र गाजा, वेस्ट बैंकमा फैलियो।

                                                                                                                                                     (-इन्डियाटुडेबाट)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्