सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् हेरफेरको तयारी

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीपरिषद् पुनर्गठनको तयारी गरेका छन्।

सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी मन्त्री नियुक्त गर्ने तयारी भएको बताइएको छ।

खड्कालाई आजै एमालेले प्रमुख सचेतक बनाएको थियो। एमाले विवादकाबीच सरकारमा सामेल हुन लागेको हो। त्यस्तै र चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री बन्ने चर्चा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्