संसद पुनर्स्थापना हुने भएपछि ओलीले फाले नेपाल समूहलाई सकुनी पासा

Kp Oli and Madhav Nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाल परिवर्तन गरेका छन्। अदालतबाट संसद पुनर्स्थापना हुने संकेत पाएपछि प्रधानमन्त्री ओलीले आफ्नो चाल परिबर्तन गरेका हुन्।

आफ्नो नयाँ चाल सफल बनाउन अहिले केपी ओलीले राष्ट्रपति विद्या भण्डारीलाई सक्रिय बनाएका छन्। राष्ट्रपति विद्या भण्डारीले अहिले एमाले नेताहरुसँग नियमित सम्पर्क गरी सहमतिको बिन्दु तयार गर्न आग्रह गर्दै आएकी छन्।

भण्डारीको एमाले एकता कायमै राख्ने पहलमा नेता योगेश भट्टराईको पनि साथ रहेको छ उनले नियमितजसो भण्डारीलाई भेटेर सहमतिको बिन्दु तयार गर्न सक्रियता बढाउदै आइरहेका छन्। प्रधानमन्त्री ओली शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर र अदालतमा दायर रिट फिर्ताको शर्त राख्दै आफू ब्याक हुन सहमत भएको विश्वस्त स्रोतले जनायो।

त्यसपछि नेता माधव नेपालको माग अनुसार २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटी र संगठनलाई फर्काएर लाने विषयमा मौखिक सहमति बनेको बुझिएको छ। नेता नेपालले पनि पुरानो अवस्थामा पार्टी कमिटीलाई फर्काएमा सहमत हुनसक्ने बताएका छन्।