चुरे उत्खननको विरोध गर्नेहरू विकास विरोधी हुन् : डा. राजन भट्टराई

Dr. Rajan Bhattarai
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार डा.राजन भट्टराईले तराईको चुरे क्षेत्रलाई संरक्षण गरेर ढुंगा, गिट्टी, बालुवा विदेश निकासी गरिने बताएका छन्।

बुधबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.भट्टराईले मापदण्ड बनाएर प्रकृतिक स्रोत साधनलाई संरक्षण गर्ने पनि बताए। ढुंगा, गिट्टी, बालुवा विदेश निकासीको विरोध गर्नेहरूलाई उनले बजेट विरोधीको संज्ञा दिए।

डा.भट्टराईले तराईको बालुवा, गिट्टी, ढुंगा भारतलाई बेच्दा तराईको विकास हुने डुबान नहुने बताए। उनले मापदण्ड बनाएर बालुवा, गिट्टी र बालुवा निकालेर निकासी गरिने बताएका छन्।

साथै उनले कानून व्यवसायीहरूले सर्वोच्च अदालतको आन्तरिक प्रक्रियामा हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै असन्तुष्टि जनाएका छन्।  न्यायिक प्रक्रियामा बाहिरका व्यक्तिले दवाव सिर्जना गर्न नहुने उनले बताए।

केही कानून व्यवसायीहरूले संवैधानिक इजलास गठनका विषयमा प्रधानन्यायाधीशको आलोचना गरेका बेला प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा।भट्टाराईले अदालतको न्यायिक प्रक्रियामा सहयोग गर्नुपर्ने बताए।
डा.भट्टराईले विघटन भएको प्रतिनिधि सभा पुनःस्थापना नहुने दाबी गरे।