युवा पुस्ताको आदेश मानेर नयाँ पार्टी गठन गर्छु : माधव नेपाल

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा एमालेको असन्तुष्ट समूहका नेता माधवकुमार नेपालले पार्टीभित्रका चार पुस्तामध्ये तेस्रो र चौथो पुस्ता आफूलाई साथ दिन तयार रहेकाले पार्टी फुटाउन तयार रहेको बताएका छन्।

आफू पक्षधर भातृसंगठनका पदाधिकारीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफू पार्टी पुनर्गठनबाट पछि नहटेको बताएका हुन्। नेता नेपालले आफू निकटका भातृ संगठनको भर्चुअल बैठक डाकेर पार्टी पुनर्गठनको तयारीका लागि कार्यकर्ताबाट सुभाव समेत मागेका थिए । वार्ता टोलीमा रहेका कतिपय नेताहरूलाई कारवाही गरेर आफ्ना नेताहरूले जस्केलाबाट वार्ता थालेको भन्दै जनसंगठनका नेताहरूले विरोध समेत गरेका थिए। कार्यक्रमका प्रमुख वक्ता नेपालले आफू नयाँ पार्टी खोल्न तयार रहेको समेत बताएका छन्।

नेपालले भने, ‘त्यसमा चौथो पुस्ता तपाईंहरू भइहाल्नुभयो,’ उनले दोस्रो पुस्ताबारे बैठकका सहभागीहरूले दोस्रो पुस्ताका कतिपय नेता अझै वार्तामा अल्झिएको भनेर आक्रोश पोखेपछि भने, ‘आन्दोलनमा आयाराम गयारामहरु हुने भन्दै कोही व्यक्ति छाडेर जाँदैमा अभियान टुंगिँदैन।’ नेपालले भने, ‘हिजो हाम्रो विचार समूहबाट चुनाव जित्नुभएका युवराज कार्की, बैजनाथ चौधरी आज कहाँ हुनुहुन्छ ? लालबाबु पण्डितको नाम पनि भनौं ?’ नेपालले ओली आफू कमजोर हुने महसुस भएपछि मात्र बहाना बनाउने र कार्ड फ्याँक्न गरेको भन्दै एकतामा उनी जिम्मेवार नभएको टिप्पणी गरे । उनले भने, ‘हिजोदेखि आको जेठ २ मा फर्किने कुरा छ नि त्यो पनि त्यही हो।’

दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतले पार्टी एकता र वार्ताको नाममा गरिरहेको कामतर्फ बैठकमा सहभागी नेताले आपत्ति जनाएको बताइएको छ। ‘विभाजनले नभई गलत प्रवृत्ति र रबैयाले पार्टी सकिएको छ। म तयार छु। जनप्रतिनिधिहरूको कुराले अलि अड्किएका छौं। तर पनि पछि हटेको छैन। कुनै पनि बेला निर्णय हुन्छ’, नेता नेपालले भने।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफू कमजोर महसुर गरेपछि मात्र विभिन्न बहाना निकाल्ने गरेको र ओली पार्टी एकताको पक्षमा जिम्मेवार नभएको पनि नेता नेपालले आरोप लगाएका छन्। उनले भने, ‘हिजोदेखि आएको जेठ २ मा फर्किने कुरा छ नि त्यो पनि त्यही हो।’ पार्टी एकताका लागि वैशाख २६ मा अघि सारेको ६ बुँदा मान्ने र प्रतिनिधिसभा विघटन प्रतिगमन भाग २ हो भनेर स्वीकार गरेको अवस्थामा मात्र ओलीसँग एकता हुने प्रष्ट पारेका छन्।

नेपालले आफूले पार्टी एकताका लागि वैशाख २६ मा अघि सारेको ६ बुँदा मान्ने र प्रतिनिधिसभा विघटन प्रतिगमन भाग २ हो भनेर स्वीकार गरेको अवस्थामा मात्र ओलीसँग एकता हुने पनि नेपालले बताएका छन्। बैठकमा सहभागी नेता तथा कार्यकर्ताले कुनै अलमलमा नपरी तत्काल नयाँ पार्टी गठन गरेर अघि बढ्न नेता नेपाललाई दबाब दिएका छन्। नेपालले आफूले पार्टी एकताका लागि वैशाख २६ मा अघि सारेको ६ बुँदा मान्ने र प्रतिनिधिसभा विघटन प्रतिगमन भाग २ हो भनेर स्वीकार गरेको अवस्थामा मात्र ओलीसँग एकता हुने प्रष्ट पारेका छन्।

माधवपक्षीय अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बिनासर्त ओलीले जेठ २ मा पार्टी फर्काउने निर्णय गर्नुपर्ने र त्यसपछि संसद विघटन लगायतका विषयमा एकीकृत पार्टीमा छलफल हुने बताए। माधव नेपाल बिनाको एमाले एकता सम्भव नरहेको कुरा नै आफूहरुले राखेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्