महन्थ ठाकुर पक्षको बैठक बस्दै

rajendra-mahantha_ pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले बैठक बस्ने भएको छ। जसपाको ठाकुर र उपेन्द्र यादव पक्षले आइतबार निर्वाचन आयोगले गरेको कराबाहीलाई आधिकारिक मान्यता दिन अस्वीकार गरेपछि ठाकुर पक्षले बैठक बोलाएको हो।

आयोगको निर्णयपछि अध्यक्ष ठाकुर–राजेन्द्र महतो पक्षले दिउँसो साढे १ बजेपछि बस्ने गरि बैठक बोलाइएको छ। बैठकमा पार्टीभित्र देखा परेको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

उपेन्द्र यादव पक्षले कारबाही गरेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। अध्यक्ष यादवले ठाकुर र राजेन्द्र महतोसहित चार जना नेतालाई पार्टीबाट निष्काशन गरेको थियो।