नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्दै

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने तयारी गरेको छ। एक्वायर प्रस्ताव पारित गर्न दुवैको शनिबार (असार ५ गते) विशेष साधारण सभा बस्दैछ। नबिल बैंक र युनाइटेड फाइनान्सको विशेष सभा आ–आफ्नो केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ।  कोरोना महामारीका कारण दुवैले भर्चुअल माध्यमबाट साधारण सभा गर्ने छन्।

विशेष सभाले युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसका साथै एक्विजिसनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्