नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन (नामावलीसहित)

Nepal police
लोकपाटी न्यूज
0 Shares

असोज १०, काठमाडौं । गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गर्दै  उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भनेको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिएको छ ।

आफूखुसी गैरहाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत छन् । कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना –

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्