नायिका करिश्माले कक्षा १२ पास गरिन्, ल्याइन् ‘ए प्लस’

Karishma manandhar
लोकपाटी न्यूज

काठमाडाैं। नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् । शुक्रबार भएको नतिजा अनुसार उनले ए प्लस ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको थियो । नतिजा अनुसार दुई वटा विषयमा उनले ए प्लस ग्रेड प्राप्त गरकी हुन्।

नायिका मानन्धरले गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् । कक्षा १२ नतिजा राम्रो आएकोमा खुसी व्यक्त गर्दै मानन्धरले घर नजिकको कलेज भएकाले अबको थप अध्ययन पनि साेही कलेजमा गर्ने बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्