ओली नक्कली कम्युनिष्ट हुन्ः नेता खनाल

Jhalanath_Khanal
लोकपाटी न्यूज
0 Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिस्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिस्ट भएको बताएका छन्। नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनले बताए।

एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजस्ता यहाँं धेरै नक्कली कम्युनिस्ट नेता र पार्टी रहेको जनाए।

‘ओली जस्ता कम्युनिष्टको खोल ओढेर बसेकालाई जनताले अव चिनेर भ्रम हटाउनुपर्छ’, उनले भने। उनले यस्ता नक्कली कम्युनिस्टले दलाल पुँजीपति वर्गको सेवा गर्ने जनाए।

कार्यक्रममा विभिन्न पार्टी परित्या गरी आएका ६९ जनालाई खनालले पार्टी प्रवेश गराएका थिए। कार्यक्रममा पार्टी भक्तपुर नगर समितिका अध्यक्ष प्रवीण बाटी, जिल्ला अध्यक्ष श्याम वस्नेत, ओमचरण अमात्य, डा राजेन्द्र कोजूलगायतले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्