अवैध लागूऔषध सहित युवक पक्राउ

pakrau
लोकपाटी न्यूज
0 Shares

सिन्धुली। सिन्धुलीमा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

दुधौली नगरपालिका-९ दुधौली बजारस्थित स्ट्यान्डर होटलबाट करिब १ ग्राम ९ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र करिब ५५ ग्राम अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने काठमाडौं महानगरपालिका-३१ रातोपुल घर भएका २८ वर्षीय रमेश महतोलाई प्रहरीले प्रकाउ गरेको हो।

रमेशसँग लागूऔषध रहेको भन्ने जानकारी प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा खटिएको प्रहरीले तलासी गर्दा उनको साथबाट उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्