ओलीलाई स्काउटको मेधावी पदक

लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्काउटको मेधावी पदकबाट विभूषित भएका छन्।

बिहीबार नेपाल स्काउटले आयोजना गरेको कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक हस्तान्तरण गरिन्।

नेपाल स्काउटको विकास र विस्तारका लागि अतुलनीय योगदान गरेको भन्दै विश्व स्काउट संगठनको एसिया प्रशान्त क्षेत्रले ओलीलाई मेधावी पदकले विभूषित गरेको हो।

ओलीले नेपाल स्काउटलाई सातै प्रदेश र ७५३ स्थानीय तहमा पुर्याउन संरक्षकको हैसियतले अतुलनीय योगदान गरेको नेपाल स्काउटले बताएको छ।