चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन

लोकपाटी न्यूज
5 Shares

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को नेतृत्वमा पुनस् चिनियाँ राष्ट्रपति सी जिनपिङ चयन भएका छन्।

सीपीसीको २०औं महाधिवेशन सी जिनपिङलाई पुनस् महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको हो । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् ।

गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो ।

यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्