आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

Mausam
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भू-भागका थोरै स्थानमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ।

अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धनगढीमा ३१ मिलिमिटर वर्षा भएको छ। काठमाडौंमा १७, वीरेन्द्रनगरमा १७, ओखलढुङ्गामा ११, घोराहीमा १० र लुम्लेमा २२ मिलिमिटर वर्षा मापन गरिएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम १९ दशमलव नौ डिग्री सेल्सियस छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्