सुनको मूल्य फेरि बढ्यो, तोलाको कति ?

Gold
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ। सोमबार घटेर कारोबार भएको बजारमा मंगलबार भने बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको हो।

सोमबार सुनको भाउ तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको थियो। यसैगरी १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आज बढेर १ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको देखिन्छ।

यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ। सोमबार १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ३४० रुपैयाँ पर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्