भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

Rahul Gandi
लोकपाटी न्यूज
4 Shares

एजेन्सी। भारतका कांग्रेस आईका नेता राहुल गान्धीलाई अदालतले २ वर्षको जेल सजाय सुनाइएको छ। गुजरातको सुरत जिल्ला अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीको मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो। तर गान्धी जेल भने जाने छैनन्।

किनकी जेल सजाय सुनाइएपछि नै उनलाई जमानतमा छाड्न समेत आदेश दिइएको छ। सन् २०१९ मा नै गान्धीलाई आपराधिक मानहानी मुद्दामा दोषी ठहर गरिएको थियो। त्यस बेला उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै मोदी थरको विषयमा भद्दा टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्