नवनियुक्त आइजिपी कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

Basanta_Kunwor
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आइजिपी)को दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

गृह मन्त्रालयमा आज आयोजित एक समारोहमा गृहसचिव विनोदप्रकाश सिंहले उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। कुँवरलाई सरकारले गत शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।

दर्ज्यानी चिन्ह लगाएर महानिरीक्षक कुँवर प्रहरी प्रधान कार्यालय फर्किएका छन्। त्यहाँ उनको स्वागतसहित औपचारिक कार्यभार सुरु हुनेछ। सरकारले पहिलो नम्बरमा रहेका कुँवरलाई आइजिपीमा नियुक्त गरेसँगै प्रहरीमा यसअघि जस्तो विवाद देखिएको छैन।

महानिरीक्षक कुँवरले अहिलेकै अवस्थामा पनि २ वर्ष प्रहरीको नेतृत्व गर्नेछन्। नयाँ प्रहरी ऐन आए उनको कार्यकाल थप हुन सक्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्