अजोड इन्स्योरेन्सको आयोजनामा आधारभूत तालिम सम्पन्न

pic-22
लोकपाटी न्यूज
5 Shares

निर्मल पौडेल/३१ वैशाख, पर्वत। अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा पर्वत जिल्लामा तीन दिने कृषि, पशुपन्छि तथा जडिबुटि बिमासम्बन्धी अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ। कार्यक्रम बिहीबारदेखि आजसम्म सञ्चालन भएको हो।

उक्त कार्यक्रममा सहभागीहरूलाई अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दीपक पोखरेल, गण्डकी प्रदेश प्रमुख गोपाल प्रसाद पौडेल र कृषि विभागमा कार्यरत सुदिप पौडेलले प्रशिक्षण दिएका थिए।

यस्तै तालिमको अन्तिम दिन अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष आजाद श्रेष्ठले सहभागीहरूलाई शुभकामना दिँदै गाउँ गाउँमा बिमाको पहुँच बढाउन अनुरोधसँगै हौसला प्रधान गरेका थिए।

तालिममा २९ जना बिमा अभिकर्ताको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा प्रमुख विक्रम ढुङ्गानाले गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्