नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ : विमलेन्द्र निधि

Bimalendra_Nidhi
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता बिधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले संघीय संसदले दुई/दुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणिकरणका लागि सरकारले आवश्यक सक्रियता देखाउनु पर्ने बताएका हुन्।

उनले उक्त विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अडचन नभएको दावी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्