युरोपा लिग फुटबलको उपाधि स्पेनको सेभियालाई

sport
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। यस वर्षको युरोपा लिग फुटबलको उपाधि स्पेनको सेभियाले जितेको छ। बुधबार राति हंगेरीको राजधानी बुडापेस्टमा रहेको पुस्कास एरिनामा भएको खेलमा इटालीको ए.एस रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेभियाले कीर्तिमानी सातौं पटक युरोपा लिग जितेको हो।

फ्रान्स विरुद्धको विश्वकपको फाइनलमा अर्जेन्टिनाका लागि पेनाल्टीमार्फत विजयी गोल गरेका गोन्जालो मोन्टिएलले बुधबार सेभियाका लागि पनि विजयी गोल गरे। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइ ब्रेकरमा पुगेको थियो।

टाइ ब्रेकरमा सेभिया ४–१ ले विजयी भयो। बुधबार रातिको जितसँगै सेभियाले युरोपा लिग फुटबलको फाइनलमा पुगेको सातै अवसरमा उपाधि जित्ने किर्तीमान पनि बनाएको छ।