प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

prachanda-ganesh timilsena
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भेट अध्यक्ष तिमिल्सिना आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ।