सभापति देउवाले लिए उपसभापति खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी

लोकपाटी न्यूज
4 Shares

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।

सभापति देउवाले आज वीरेन्द्र सैनिक अस्पताल छाउनी पुगेर त्यहाँ उपचाररत उपप्रधानमन्त्री खड्कालाई भेटेर स्वास्थ्य लाभको कामना गरेका हुन्।

अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उपप्रधानमन्त्री खड्काको प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्